नेपाली बजारमा उपलब्ध सबैभन्दा महँगो एन्ड्रोइड स्मार्टफोन कुन होला ? हेर्नुहोस फिचरसहित

Advertisement

काठमाडौं । नेपाली बजारमा हालसम्मकै महँगो स्मार्टफोन ‘मेट-२० प्रो’ हुवावेले भित्र्याएको छ । गत अक्टोबरमा सार्वजनीक गरेको यस स्मार्टफोनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेको छ । मेट-२० प्रो हुवावेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फिचरयुक्त स्मार्टफोन हो ।

यसअघि एक लाख १० हजार रुपियाँ पर्ने सामसंगको ‘नोट ९’ नेपाली बजारकै सबैभन्दा महँगो स्मार्टफोन रहेकोमा हुवावेले त्यसलाई उछिन्दै एक लाख २९ हजार पर्ने मेट-२० प्रो नेपाली बजारमा भित्र्याएको हो ।

हुवावेले भित्र्याएको यस स्मार्टफोनमा विभिन्न सुविधायुक्त फिचरहरु रहेका छन् । अगाडि नच भएको १९ दशमलव ५ः९ अनुपातको ६ दशमलव ४ इन्चको सुपर एमोलेड डिस्प्ले राखीएको छ । जसको रेजोलुसन १४४०*३१२० रहेको छ । उक्त नचमा एप्पलको फेस आइडी जस्तो फेस अनलक गर्न मिल्ने फिचर राखिएको छ । डिस्प्लेको तल्लो भागमा डिस्प्लेको भित्र पट्टि नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । त्यही नचमा २४ मेगापिक्सलको सेल्फी क्यामरा छ ।

स्मार्टफोनको पछाडीको भाग सिसाले बनेको छ । मेट-२० प्रो मा हुवावे कै पी-२० प्रो जस्तै तीनवटा क्यामरा राखिएको छ लेइका ब्रान्डको ४० मेगापिक्सल वाइड, २० मेगापिक्सल अल्ट्रावाइड र ८ मेगापिक्सल जुम लेन्स गरि तीनवटा क्यामरा राखिएका छन् ।

नेपाली बजारमा हुवावे मेट-२० प्रो हरियो र कालो दुईवटा रंगमा उपलब्ध हुने छ । नेपालमा उपलब्ध हुने मोडलमा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज हुनेछ ।

हुवावे मेट २० प्रोका विशेषताहरु यस्ता रहेका छन्

१) ६ दशमलव ४ इन्चको एमोलेड डिस्प्ले १४४०*३१२०

२) इएमयूआई-९ एन्ड्रोइड पाई

३) हुवावेको आफ्नै हाइ पसिलिकोन कीरिन ९८० प्रोसेसर

४) ६ जीबी र्याम, १२८ जीबी आन्तरिक स्टोरेज

५) डबल सिम

६) तीनवटा क्यामरा (लीका) ब्रान्डको ४० मेगापिक्सल वाइड, २० मेगापिक्सल अल्ट्रावाइड र ८ मेगापिक्सल जुम लेन्स

७) २४ मेगापिक्सलको सेल्फी क्यामरा

८) फेस अनलक

९) डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर

१०) ४२०० एमएएच ब्याट्री

११) वायरलेस चार्जिंग (अन्य स्मार्टफोनलाई पनि चार्ज गर्न मिल्ने)

१२) ४० वाट को सुपर फास्ट चार्ज

Advertisement

Advertisement

Advertisement