हिमालयन बैंकको मोबाइल बैंकिङ एप सञ्चालन

Advertisement

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखि मोबाइल बैंकिङ एप ‘हाई एमबी’ सञ्चालनमा ल्याएको हो ।

'हेएर ईज योर न्यू बैंक' तथा 'विग बैंक इन स्मल साईज' नाराका साथ यो मोबाईल एपको सुरुवात गरेको हो । यो एप् मार्फत ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement