सुनको मूल्य बढ्यो, हेर्नुहोस यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको पाँचौ दिन अर्थात बिहिवार आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ५८ हजार रुपियाँमा कारोकार भइरहेको छापावाला सुनको मूल्य एक सय रुपियाँले बढेर ५८ हजार चार सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५० हजार ७० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि पाँच रुपियाँले वृद्धि भएको छ । बुधवार प्रतितोला सात सय १५ रुपियाँमा कारोबार भइरहेको चाँदीको मूल्य सात सय २० रुपियाँ पुगेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपियाँ पाँच पैसा कायम गरेको छ ।

Advertisement

Advertisement