नेपाल बङ्गलादेश बैंकबाट तेह्रथुमको सरस्वती माविलाई सहयोग

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुमको आठराई गाँउपालिकामा रहेको  श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख तेह्र हजार रुपियाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणी शिवाकोटी र बैँकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement