‘हाम्रो विकास बैंक’ सम्मानित

Advertisement

नुवाकोट। जिल्लाका करदातामध्ये सबैभन्दा कर तिर्ने करदातालाई सम्मान गरिएको छ । करसम्बन्धी नुवाकोट कार्यक्षेत्रमा  भएको आन्तरिक राजश्व कार्यालय कलङ्कीले सदरमुकाम विदुरमा कार्यक्रम गरी हाम्रो विकास बैंकलाई सम्मान गरेको हो । हाम्रो विकास बैंकले गत आर्थिक वर्षका रु एक करोड ८२ लाख कर तिरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कलङ्कीका कर अधिकृत कविराज पौडेलले हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कँडेललाई सम्मानपत्र प्रदान गरे । सातौँ राष्ट्रिय कर सप्ताहका अवसरमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका करदाताले करसम्बन्धी जिज्ञासा राखेका थिए । करसम्बन्धी नयाँ प्रावधान, नीतिका बारेमा पनि जानकारी दिइएको छ । कर अधिकृत यामबहादुर रानाले कर छुट र करको नीतिबारे जानकारी दिएका थिए ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीले सहज करको व्यवस्था हुन र करको सही सदुपयोग राज्यले गराउन आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement