आजदेखि विमानस्थलको ट्क्सी पार्किङ मल्टीस्टोरीमा सर्यो

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ मल्टीस्टोरीमा सरेको छ । ट्याक्सी पार्किङमा पार्क गर्दा सवारी साधनको चाप बढेपछि पार्किङ भवनमा सारेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार आइतबारदेखि सो ट्याक्सी पार्किङ सञ्चालनमा आएको हो । विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई हिड्न समस्या भएकोले पार्किङ भवनमा सारिएको उनले जानकारी दिए । अहिले माथिल्लो पार्किङ खुला भएको र तल्लो पार्किङ भवनमा ट्याक्सी पार्क भइरहेको तिवारीले जानकारी दिए ।

ट्याक्सी पार्किङ भवनमा हालको पार्किङ सरेपछि उक्त खालि भएको स्थानमा हरियो नम्बर प्लेटका १० वटा गाडीहरु र कालो नम्बरप्लेटका १० वटा गाडीहरुमात्रै राख्नि दिइने उनले बताए । बाँकी सम्पूर्ण ट्याक्सीहरु पार्किङ भवनमा राखिने उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement