आन्दोलित बनेका लगानीकर्तालाई मंसिर २३ मा युजर र पासवर्ड दिने आश्वासन

Advertisement

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले ल्याएको अनलाइन प्रणालीले काम नगरेपछि आन्दोलित बनेका लगानीकर्ताले मंसिर २३ गतेबाट आफ्नै युजर र पासवर्डबाट कारोबार गर्न पाउने आश्वासन पाएका छन्।

नेप्सेको कार्यालय घेराउ गर्न पुगेका लगानीकर्तालाई संवोधन गर्दै महाप्रबन्धक चन्द्रसिंह साउदले मंसिर २३ को मिति घोषणा गरेका हुन्। प्रणाली भित्र्याउने कम्पनीसँगको छलफलपछि साउदले नयाँ मिति घोषणा गरेका हुन्।

प्रणालीले काम नगरेपछि लगानीकर्ताका नाममा खुलेका चार वटा संगठन नेप्से कार्यालय घेर्न पुगेका थिए। उनीहरुले साउदको राजिनामा पनि मागेका थिए।

आफ्नो राजीनामा माग्न थालिएपछि साउदले लगानीकर्तासँग सोधे, ‘तपाईंहरुलाई मेरो राजीनामा चाहिएको हो कि अनलाइन ? त्यसपछि लगानीकर्ताले भने–हामीलाई अनलाइन प्रणाली चाहिएको हो । त्यसको प्रतिउत्तरमा साउदले भने अब २३ गतेबाट अनलाइन सर्वसाधारणले प्रयोग गर्न पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement