मिट्सुबिसिका अध्यक्ष गोसन पदबाट बर्खास्त

Advertisement

काठमाडौं । मिट्सुबिसि मोटर्सका अध्यक्ष कार्लोस गोसन सोमबार पदबाट बर्खास्त भएका छन् । आर्थिक अनियमितता गरेको आरोपमा केही दिन अघि पक्रउ परेका गोसनलाई कम्पनीले सोमबार अध्यक्ष पदबाट बर्खास्त गरेको हो ।

गोसन निसान कम्पनीको समेत अध्यक्ष रहेका थिए । आर्थिक अनियमितताको आरोपमा पक्राउ गरिएको उनलाई जापानको बन्दी गृहमा राखि थप अनुसान्धान भइरहेको छ । कम्पनीको सञ्चालक समितिको बैंठकले उनलाई पदबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

उनले तलबको रुपमा कम्पनीबाट ४ करोड ४० लाख अमेरिकी डलर लिएका थिए । सो रकमको स्रोत नखुलेको आरोपमा पक्राउ गरि उनीमाथि थप अनुसन्धान भइरहेको छ । ब्राजीली मुलका फ्रान्सेली नागरिक गोसन कम्पनीको अध्यक्ष रहेको बेलामा आर्थिक हिनामिनाको आरोपमा पक्राउ परेपछि बर्खास्त गरिएको मिट्सुबिसिले जनाएको छ ।

गोसनले इन्धन सामथ्र्यबारे ग्राहकलाई छली गरेको आरोपबाट अस्तव्यस्त बनेको कम्पनी मिट्सुबिसिको नेतृत्व सम्हाली सन् २०१६ देखि कम्पनीलाई निसान–रेनल्ट कम्पनीको सहकार्यमा बाँधेका थिए । उनको करिब २ बर्षको नेतृत्वकाल सफल रहेको मानिदै आएको थियो । उनको नेतृत्वमा त्रिपक्षीय गठबन्धन रहेको विश्वको अत्याधिक बिक्री हुने कार कम्पनीमा विश्वभर ४ लाख ५० हजार व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ ।

गोसनलाई निसानको सात सदस्यीय सञ्चालक समितिले सर्वसम्मत रूपमा गत बिहीबार नै पदबाट हटाउने निर्णय गरिसकेको, निसानका प्रवक्ताले जानकारी दिए । निसानका अर्का प्रबन्धक अमेरिकी ग्रेग केलीले गोसनले सन् २०११ देखि सन् २०१५ को बीचमा लिएको आफ्नो तलब रकममा अनियमितता गरेको आरोपपछि उनलाई पक्राउ गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement