आइएमईको 'दशैंमाबीस लाख' योजनाको दोस्रो विजेता बिजेन्द्रले जिते एक लाख

Advertisement

काठमाडौं । आइएमईले यस वर्षको चार्ड पर्वलाई लक्षित गर्दै ल्याएको ‘दशैंमाबीस लाख’ योजनाअन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।

रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा सफ्टवेयर ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका छन् । बिजेन्द्रले नगद एक लाख रुपियाँ प्राप्त गरेका छन् । आइएमई केन्द्रीयकार्यालय पानीपोखरीमा पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेताको सिफारिसमा उनकी आमा चिनुमाया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

आइएमईले हालसम्म एक सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आफ्ना सेवा दिँदै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement