‘पिँढीमा बसेर मेरै बाटो हेरेर....’ गीतका गायक रहेनन्

Advertisement

काठमाडौं । घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर....जस्ता पृथक स्वादका लोकप्रिय गीतहरु गाउने गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।

नेपाली लोक भाकामा पृथक स्वाद पस्कने लामिछानेको ६६ बर्षको उमेरमा निधन भएको हो । उनको भक्तपुरको चागुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

लामिछाने लामो समयदेखि बिरामी भएर घरमै थला परेका थिए । पछिल्लो समय निमोनिया भएपछि उपचारत लामिछानेको शुक्रबार दिउँसो निधन भएको हो । उनका उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

Advertisement

Advertisement