कामना सेवा विकास बैंकको नयाँ शाखा कलंकीमा, शाखा संख्या ६२ पुग्यो

Advertisement

काठमाडौं।  कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा ६२औं शाखा स्थापना गरि कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने जानकारी दिए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement