मदिरा बेचबिखन नीतिप्रति होटल संघको विरोध

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले सरकारले तर्जुमा गर्न लागेको मदिरा बेचबिखन सम्बन्धी नीतिको विरोध गरेको छ । संघका सञ्चालक सदस्य र तारे होटलका सञ्चालकहरुको सहभागितामा शुक्रबार बसेको आकस्मीक बैंठकले सरकारको उक्त नीतिको विरोध गरेको हो ।

बैंठकमा बोल्दै हानका अध्यक्ष अमरमान शाक्यले सरकारले शान्ति, सुरक्षा र अमनचैन कायम राख्न लागेको कार्यलाई संघको तर्फबाट सकारात्मक रुपमा लिने र सधै सहयोग पुर्याउने भन्दै मदिरा बेचबिखन सम्बन्धी मस्यौदामा भए बमोजिमका निर्णय लागू गरिने हो भने मर्यादित व्यापार व्यवसाय संचालन गरिरहेका होटल तगायत आतिथ्यता उद्योगका सम्पूर्ण संयन्त्रहरुनै प्रत्यक्ष मारमा पर्न जाने बताए ।

सरकारको उक्त नीतिप्रति विरोध जनाउँदै सरोकारवालाहरुसंग गहन छलफल तथा परामर्श नगरी तर्जुमा गरिएको यस नीति व्यवसायमैत्री नहुने र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पुर्याई औधोगिक तथा व्यवसायीक अभिबृद्धिमा समेत नकारात्मक सन्देश प्रवाह गर्ने हानले जनाएको छ ।

अतिथ्यता उद्योग नै नेपालको प्रमुख पहिचान तथा पर्यटकीय श्रोत भएको मान्यतामाथि नै प्रत्युत्पादक हुन सक्ने भएकोले आशन्न नेपाल भ«मण बर्ष २०२० समेतलाई मध्यनजर राखी सर्वपक्ष्ँीय सरँेकार भएको यस प्रकारका निर्णय कार्यान्वयनमा जानु पूर्व घनिभूत छलफल गरी कार्यसम्पादन गरिनुपर्ने माग उक्त छलफलले गरेको छ ।

बैठकमा पर्यटन ऐन २०७५ सम्बन्धी मस्यौदामाथि छलफल गर्दै हानले सरकारले होटललाई उद्योगको पहिचान दिन नसक्दा समग्र पर्यटन उद्योग नै फष्टाउन नसक्ने जनाएको छ । मस्यौदाको परिच्छेद २ मा उल्लिखित होटल, रिसोर्ट, लज तथा रेष्टुरा सम्बन्धी व्यवस्थामा विस्तृत तथा स्पष्ट आधार सहितको नीतिको व्यवस्था हुन नसकेकोले यस सम्बन्धमा व्यवसायमैत्री नीतिको तर्जुमा गरिनुपर्ने हानको माग रहेको छ ।

हानले सरकारको सो नीति विकास विरोधि रहेको बताउँदै सदस्य होटलहरुबाट आवश्यक सुझाव संकलन गरी सम्बन्धित मन्त्रालयमा बृहत सुझाव पेश गर्न कानुनी सल्लाहकार गान्धी पण्डितको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यक्रमले, नेपालमा सबैभन्दा ठूलो लगानी भएको होटलहरुको छाता संगठन होटल संघ हानले महत्वपूर्ण निर्णय गरिनुपूर्व सरोकारवालाहरुको राय सल्लाह समेतको अध्ययन गरी ऐन, नियमावली तथा कार्यविधिहरु तर्जुमा गरिएमा मात्र राष्टिय नीति तथा कार्यक्रमहरुका अपेक्षित उपलब्धि पूरा हुने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement