राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता भएको छ । सम्झौता अनुसार सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए । त्यसैगरी टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले संस्थाको उद्धेश्य तथा गरेका कार्यहरुका बारेमा प्रकाश पारे ।

हालसम्म बैंकले देशभर २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकको हाल १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement