कुखुरापालक किसान आन्दोलित, सरकारले ठूला व्यवसायीसँग मिलेर शोषण गरेको आरोप

Advertisement

भरतपुर । सरकार, ठूला व्यवसायी र दाना कम्पनीको चेपुवामा परेको भन्दै साना कुखुरापालक किसानहरु आन्दोलित भएका छन् । चितवनमा कार्यालय रहेको नेपाल कुखुरापालक किसान संघले सरकारले माग सम्बोधन नगरे पुस १ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

संघले गत कात्तिक १८ गते गरेको पहिलो चरणको शान्तिपूर्ण आन्दोलन गर्दा त्यसलाई बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलन गर्न बाध्य भएको आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

सरकारले ह्याचरी व्यावसायी, दाना उत्पादक कम्पनी तथा औषधि उत्पादक कम्पनीसँग मिलेर चल्ला र दाना किन्ने बेलामा मूल्य वृद्धि गर्ने र कुखुराको मूल्य घटाइदिँदा त्यसको मार आफूहरूलाई परेकाले आन्दोलन गर्ने अवस्थामा आइपुगेको केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले बताए।

‘किसानले किन्ने बेलामा महँगो र बेच्ने बेलामा सस्तो मूल्य बनाइदिएकै कारण किसान सधैं चेपुवामा परेको उनको भनाइ छ। ‘त्यसैले उचित मूल्य निर्धारण गरेर किसानलाई राहत दिलाउन सरकारले तदारूकता देखाउनुपछ’, उनले भने। उत्पादन भएका वस्तुलाई बजारसम्म पुर्याउने वातावरणसमेत सरकारकै कारण असहज बन्दै गइरहेको उनको भनाइ छ।

‘बिचौलियाको विगविगीलाई सरकारले अझै पनि संरक्षण दिइरहेको छ’,उनले भने, ‘दई तिहाइको आडमा रहेको सरकारबाट हामीले यो अपेक्षा गरेका थिएनौं। यसले गर्दा हामी विरोधमा उत्रिन बाध्य भएका छौं।’

चितवनलाई ‘पोल्ट्रीको हब’ मानिन्छ। राजधानीसहित नेपालका अधिकांश जिल्ला चितवनमा उत्पादन भएको कुखुरा खपत हुने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement