बैंकिङ क्षेत्रको सुनचाँदीमा ३४ अर्ब रुपियाँभन्दा बढि लगानी

Advertisement

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा मात्र ३४ अर्ब १३ करोड ६२ लाख ६० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालूआर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् यही कात्तिक मसान्तसम्म २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा उक्त अनुपातमा कर्जा प्रवाह गरेका हुन् ।

सुनचाँदी धितोमा बढी कर्जा प्रवाह गर्नेहरुमा विकास बैंक र फाइनान्स कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरु अगाडि देखिएका छन् । वाणिज्य बैंकहरुले मात्र चालू आवको कात्तिक मसान्तसम्म सुनचाँदी धितोमा २८ अर्ब ८५ करोड ३२ लाख ६० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् ।

यसबीच वाणिज्य बैंकहरुले २५ खर्ब ६६ अर्ब ९७ करोड ८८ लाख ६० हजार रुपियाँ निक्षेप संकलन गरी २२ खर्ब ८० अर्ब सात करोड ७१ लाख ४० हजार रुपियाँ कर्जा प्र्रवाह गरेकाछन् ।

विकास बैंकहरुले भने आफ्नो कुल कर्जामध्ये चार अर्ब ६२ करोड ५४ लाख १० हजार रुपियाँ मात्र सुनचाँदी धितोमा प्रवाह गरेकाछन् । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा विकास बैंकहरुले तीन खर्ब १९ अर्ब ५५ करोड १४ लाख १० हजार रुपियाँ निक्षेप संकलन गरेकाछन् भने दुई खर्ब ८८ अर्ब १६ करोड ८७ लाख ६० हजार रुपियाँ कर्जा प्रवाह गरेकाछन् ।

यस अवधिमा फाइनान्स कम्पनीहरुले सुुनचाँदी धितोमा प्रवाह गरेको कुल कर्जा रकम भने ६५ करोड ७५ लाख ९० हजार रुपियाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्सहरुले चालू आवको पछिल्लो चार महिनाको अवधिमा ६५ अर्ब ९९ करोड ७९ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब आठ करोड ३२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । (आर्थिक दैनिकबाट)

Advertisement

Advertisement

Advertisement