नयाँ नेपाल लघुवित्तको ४७ हजार कित्ता शेयर भोलिदेखि लिलामी

Advertisement

काठमाडौँ । नयाँ नेपाल लघुवित्तको भोलि पुस १८ बुधबार देखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । कम्पनीले यसअघि खुला गर्दा नबिकेको सेयर फेरि लिलामीमा ल्याउन लागेको हो ।

तथ्यांकअनुसार यसअधि नयाँ नेपालले मंसिर १३ देखि २० गतेसम्म सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा सर्वसाधारण समूहको सबै सेयर बिक्री भएको थियो भने संस्थापक समूहको ४७ हजार ७६३ कित्ता सेयरमा आवेदन परेन ।

लगानीकर्ताले न्यनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद पुस २५ गतेसम्म रहेको संस्थाले जनाएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामी भर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement