प्रभु बैंकले ल्यायो 'प्रभु अनलाईन ट्रेडिङ बचत खाता'

Advertisement

काठमाडौं। प्रभु बैंकले बैंकले नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले शेयर लगानीकर्ताहरुलाई लक्षित गरी प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको हो ।

अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरी प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । नेप्सले यहि पुस १७ गतेदेखि प्रभु सहित चार बैंकलाई आवद्धगरी स्वचालित अनलाईन कारोबारको राफसाफ सेवा सुरु गरेको छ ।

पौष १८ गतेदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । साथै प्रभु अनलाईन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई निःशुल्क ई- बैकिंग सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रभु बैंकको प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement