सुनको मूल्य फेरि आकासियो, आज वर्षभरीकै उच्च मूल्यमा कारोबार

Advertisement

काठमाडौं । साताको पाँचौ दिन आज बिहिवार सुनको मूल्य ह्वात्तै बढेको छ । साताको पहिलो दिनदेखिनै बढेर स्थिर रहेको छापावाला सुनको मूल्य हिजो एक सय रुपियाँले घटेर ५९ हजार छ सय रुपियाँ पुगेको थियो भने आज आठ सय रुपियाँले बढेर ६० हजार चार सय रुपियाँ पुगेको छ ।
सुनको मूल्य आज यस वर्षकै सबैभन्दा बढि हो । यसअघि कार्तिक आठ गते पनि सुनको मूल्य प्रतितोला ६० हजार चार सय रुपियाँमै कारोबार भएको थियो ।
आन्तरिक बजारमा अमेरिकि डलरको मूल्य बढ्नु र अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको कारण स्थानिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दर अनुसार नेपाली बजारमा अमेरिकी डलरको भाउ हिजोको तुलनामा एक रुपियाँ १६ पैसाले बढेको छ । त्यसैगरी हिजोको तुलनामा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंश झण्डै पाँच डलरले बढेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ।  केही दिनदेखि  स्थिर रहेर निरन्तर  एउटै मूल्य (७५४) मा कारोबार भएको  चाँदी आज प्रतितोला सात सय ६० रुपियाँ पुगेको छ।  यसअघि असार २७ गते  चाँदीको मूल्य प्रतितोला सात सय ६० रुपियाँ पुगेको थियो।

नेपाल सुनचाँदी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार सात सय ८५ रुपियाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५१ रुपियाँ ५० पैसा कायम गरेको छ।

Advertisement

Advertisement

Advertisement