आइएमईबाट पैसा पठाउँँदा धिरेन्द्रकुमारले पाए बीस लाख

Advertisement

काठमाडौं। मलेसियामा कार्यरत धिरेन्द्रकुमार झागडले आइएमई रेमिटेन्सबाट पैसा पठाउँदा बीस लाख रुपियाँ राशीको पुरस्कार जितेका छन् ।

कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गरेर ल्याएको दशैंमा बीस लाख योजनाको वम्पर पुरस्कार विजेता भई झागडले उक्त रकम हात पारेका हुन् ।

सफ्टवेयर पद्धतिबाट गरिएको लक्की ड्रबाट उनी भाग्यशाली विजेता बनेको आइएमई समूहले जानकारी दिएको छ ।

लक्की ड्र कार्यक्रममा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्धय दीपकराज गिरि र दीपाश्री निरौला लगायतको उपस्थिती थियो।

Advertisement

Advertisement

Advertisement