नेपाल बङ्गलादेश बैंक र संजिवनी हस्पिटलबीच सम्झौता

Advertisement

काठमाडौं।  नेपाल बङ्गलादेश बैंक र  संजिवनी हस्पिटल एण्ड आई. भि. एफ. सेन्टर विराटनगर बीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लि.विराटनगर शाखाका का शाखा प्रबन्धक श्री बालकृष्ण श्रेष्ठ र संजिवनी अस्पतालका प्रशासन विभागबाट श्री अञ्जनी पोखरेलले हस्ताक्षर गरे  ।

सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement