नबिकेको हकप्रद बेच्नका लागि प्रोग्रशिभ फाइनान्सले गर्यो दोस्रो पटक लिलामी खुल्ला

Advertisement

काठमाडौं । पूँजी वृद्धिका लागि बैंक तथा वित्तिय सस्थाले जारी गरेको हकप्रद सेयर लिलामीमा समेत बिक्री हुन छाडेको छ। एक पटकको लिलामीमा बिक्री नभएपछि प्रोग्रेशिभ फाइनान्सले माघ १५ गतेदेखि फेरि अवितरित हकप्रदको लिलामी खुला गरेको छ।

फाइनान्सले हकप्रदमा बिक्री नभएको शेयर दोस्रो पटक माघ १५ गते देखि लिलामीमा ल्याउन सूचना प्रकाशित गरेको छ । कम्पनीले गरेको पहिलो पटकको लिलामीमा संस्थापक शेयर सबै बिक्री भएपनि सर्वसाधारण तर्फको १३ लाख ३० हजार २५५ कित्ता अवितरित भएको हो ।
सोही शेयरमा किन्न इच्छुक लगानीकर्ताले माघ २२ गते भित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपियाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिन्छ ।

फाइनान्सको शेयर पुस ३० गते प्रतिकित्ता १२३ रुपियाँ हराहारीमा कारोबार भैरहेको छ ।

गत भदौ ५ देखि असोज ८ गतेसम्म २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको थियो । फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपियाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।

हकप्रदमा नबिकेको शेयर फाइनान्सले पहिलो पटक मंसिर १० गते देखि मंसिर २४ गते सम्म २१ लाख २० हजार ६०४ कित्ता लिलामीमा ल्याएको थियो ।

Advertisement

Advertisement

Advertisement