घलेम्दी हाइड्रोको आइपीओ बाँडफाँड, ८० प्रतिशतको हातमा ३० कित्ता

Advertisement

काठमाडौं । घलेम्दी हाइड्रोको आइपीओ आज बाँडफाँड भएको छ । ५४ हजार ६९२ जना आवेदकमध्ये १० हजार ६९९ जनाले २० कित्ता र ४३ हजार ९९३ जना (८०.४४ प्रतिशत) अवेदकले ३० कित्ताका दरले आइपीओ हात पारेका छन् ।


कम्पनीले पुस १९ गतेदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।


यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । कम्पनीले आर्थिक बर्ष २०७७। ७८ बाट लाभांश दिने सकिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement