कांग्रेस बैठकको निष्कर्षः सरकार गैरजिम्मेवार, निष्पक्ष हुनुपर्ने सभामुख पनि गैरजिम्मेवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले सरकार र सभामुख गैरजिम्मेवार ढंगल प्रस्तुत भएको निष्कर्ष निकालेको छ । पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वसप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पुर्याएको, डा. गोविन्द केसीको मागलाई वेवास्था गरेको, निर्मला पन्तको बलात्कार र हत्या मा संलग्न अपराधिलाई कार्वाहि नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थिति विनानै संवैधानिक पपिरषद्को बैठक राखि नियुक्तिका निर्णयहरु गरेको प्रति काग्रेसले तीव्र असनतुष्टि जनाएको छ ।

कांग्रेसको विहीवार बसेको केन्द्रिय समिति बैठकले सरकारको क्रियाकलाप बारे छलफल गर्दै सक्तपक्षले बहुमतको आधारमा प्रतिपक्षलाई पेलेरै अघि बढ्ने रणनीति अपनाएको ठहर गर्दै सरकारको पछिल्लो कदमको शसक्त विरोध गर्ने निष्कर्ष निकालेको छ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लगायत ११ स्वास्थ्य संस्थालाई केन्द्र अन्तर्गत राख्ने प्रस्ताव भएपनि राजनीतिक पूर्वाग्रहको आधारमा यी दुई स्वास्थ्य संस्थालाई हटाएर ९ वटालाई मात्र केन्द्र अन्तर्गत राख्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै कांग्रेसले आपत्ति जनाउदै आएको छ ।

सरकार मात्र हैन सभामुख समेत गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले माघ ८ गतेको प्रतिनिधि सभाको बैठकमा अमर्यादित रुपमा संसदमा मर्यादापालकहरुको प्रयोग हुनु र सत्तापक्षका सांसद नै मर्यादापालक झै प्रतिपक्ष माथि खनिनु, महिला सांसदहरुलाई रोक्न पुरुष मर्यादापालकहरु प्रयोग गरिनु आपत्तीजनक भएको कांग्रेसले जनाएको छ ।

जवर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन लाग्दा समेत सभामुखले स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास खोज्न नसेको जनाएको छ । सत्तापक्ष आम नागरिकको स्वास्थ्य होइन केही सिमित व्यक्तिको आर्थिक स्वार्थ परिपोषण गर्न लागि परेको काँग्रेसले आरोप लगाएको छ । संसदीय अभ्यासमा सभामुख सत्तासामु निरीह हुन नहुने भन्दै सभामुखको निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहने दावी कांग्रेसले गरेको छ ।

आज शुक्रबार बस्ने संसद बैठक पनि अवरुद्ध पार्ने रणनीतिमा रहेको कांग्रेसले स्थापित संसदीय परम्परा, अभ्यास र लोकतान्त्रिक मान्यता अनुरुप संयम, धैर्य र संवादको माध्यमबाट निकास खोजी सहज रुपमा संसद सञ्चालन हुने परिस्थिति निर्माण गर्न सत्तापक्ष र सभामुखलाई आग्रह गरेको छ ।

कांग्रेस बैठकले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति वेगर संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका केही निर्णय गरिएको विषयलाई गम्भीरतापूर्वक लिएकोमा आपत्ती जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यो केवल एउटा बैठक र केही निर्णयको प्रश्न मात्रै होइन, प्रश्न मूलतः सरकारको नियतप्रति हो भन्दै सरकार विधि, पद्धति र लोकतान्त्रिक राज्य संस्कृतिलाई खण्डीत गर्ने प्रवृत्ति प्रति अघि बढेको दावी गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आम नेपाली जनताको स्वास्थ्यको हककालागि अनवरत संघर्ष गरिरहनु भएका केसीको जीवन रक्षाको विषयमा गम्भीर बन्न सरकारलाई सचेत गराएको छ ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वलात्कार पछि हत्या भएको घटनामा सरकारले सत्य तथ्य अनुसन्धान गरी अपराधीलाई कानूनी कारवाही गर्नुको साटो सरकार र मातहतका निकायका गतिविधि गैर जिम्मेवार, संवेदनहीन र शंकास्पद भएको कांग्रेसले जनाएको छ । घटना भएको ६ महिना सम्म पनि सरकारले अपराधी पत्ता लगाउने कुरामा चासो नदिएको भन्दै कांग्रेसले मानव सभ्यताकै कलंकका रुपमा देखिएको जघन्य, क्रुर एवं अमानवीय अपराधिक घटना जनताको सर्वाधिक चिन्ता र चासोको विषय बनेको जनाएको छ ।

घटना भएको ६ महिना सम्ममा घटनास्थलमा विद्यमान प्रमाण नष्ट गर्ने, घटनाको अन्वेषण अनुसन्धान सही तरिकाले नगर्ने, न्याय माग्ने क्रममा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकहरुमा ज्यादतीपूर्ण रुपले वल प्रयोग गर्ने गरेको आरोप कांग्रसले लगाएको छ ।

छानवीनको नाममा उपलव्धीहिन आयोग र अनुसन्धान समिति गठन, निर्दोष व्यक्तिहरुलाई निर्मम रुपले यातना दिई मानसिक समस्या उत्पन्न हुने गरी नक्कली अपराधी बनाउने प्रयत्न गर्ने, सरकारका जिम्मेवार मन्त्रीहरुले अपराधी पत्ता लागिसक्यो भनी पटक–पटक जन मानसमा भ्रम फैलाउने जस्ता काम मात्र गरेको भन्दै काग्रेस बैठकले यसले सरकार अपराधी पत्ता लगाउन चाहन्छ वा स्वयं अपराधी लुकाउन क्रियाशील छ भन्ने गम्भीर शंका उत्पन्न भएको जनाएको छ ।

पार्टीको सशक्त भातृसंगठन नेपाल विद्यार्थी संघको विवाद मिलाउने र महासमितिबाट संशोधित विधान पारित गर्ने एजेण्डाबारे भने कांग्रेस बैठकमा निर्णय भएको छ । काँग्रेस बैठक आइतबार पुन बस्ने प्रवक्ता शर्माले बताउनु भएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement