एनएमबि बैंकले तीन अर्बको ऋणपत्र जारी गर्दै

Advertisement

काठमाडौं । एनएमबि बैंकले  ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।


यस्तै, बैंकले यसअघि जारी गरेको ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको पनि पुनः रेटिङ गराएको छ । पुनः रेटिङ गर्दा यस ऋणपत्रले पनि ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ ।


एनएमबि बैंकले हालै १० प्रतिशत  बोनस सेयर र २० प्रतिशत  नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि बैंकले पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । पछिल्लो समय बैंकहरुले लगानीका लागि अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

Advertisement

Advertisement

Advertisement