पियरसनको ‘पीटिई एकेडेमिक सेन्टर’ काठमाडौंमा

Advertisement

काठमाडौं । पियरसन अध्ययन कम्पनीले काठमाडौंमा ‘पीटिई एकेडेमिक’को उद्घाटन गरेको छ । यो कम्पनीे पियरसनको पीटिए एकेडेमिको पहुच वृदि गर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने उद्देश्यले सन्चालनमा आएको हो ।

पीटिई एकेडेमिक कम्प्यूटर आधारित भाषा परिक्षा हो जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरु र रोजगारी खोज्नेहरुका लागि सहयोगिको भूमिका खेल्छ । यस परिक्षणले अष्ट्रेलिया, आयरल्याण्ड र न्यूजील्याण्डको विश्वविद्यालयमा सत प्रतिशत स्वीकृती पाइसकेको कम्पनीले जनाएको छ । छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले भने, ‘अंग्रेजीभाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताका लागि निकै महत्वपूर्ण छ ।’ उनले काठमाडौंको नँया केन्द्रले विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउनका साथै विदेशमा अवसरहरु सृजना गर्न सहयोग पुर्याउने अपेक्षा एकेडेमीकको रहेको बताए ।

समारोहमा ब्रिटिश कलेजका सीईओ राजेन कडेलले भने, ‘पीटिई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहानेहरुका लागि एक विदेशी कम्प्यूटर आधारित अंग्रेजी परिक्षा हो । हामी पीटिई एकेडेमिकका लागि पियरसनसँग सहकार्य गर्न पाउँदा निकै गर्व महशुस गरेका छौँ । हाम्रो परिक्षण केन्द्रले काठमाडौंमा पीटिई एकेडेमिक परिक्षालाई अझै बढि पहुँच प्रदान गर्नेछ ।’

पीटिई एकेडेमिक हार्वर्ड बिजनेस स्कुल, येल यनिभर्सिटी, इनसिड, लण्डन बिजनेस स्कुललगायतका विश्वविद्यालय र कलेजहरुद्वारा स्वीकृती प्राप्त गरिसकेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । यस परिक्षण अष्ट्रेलिया र न्यूजील्याण्डको भिसा र माइग्रेसनका आवेदन फर्मका लागि पनि प्रयोग गर्न सकिने एकेडेमीकले जनाएको छ ।

 

Advertisement

Advertisement