एनएमबि बैंकको नाफा १५.२८ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यो अवधिसम्म बैंकको नाफा १५ दशवलव २८ प्रतिशतले बढेर एक अर्ब १० करोड ९९ लाख ४२ हजार रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९६ करोड २७ लाख ९० हजार रुपियाँ मात्र नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने गत वर्षको तुलनामा केही घटेको छ । गत वर्ष १ अर्ब ७२ लाख ५९ हजार रुपैयाँ वितरण योग्न नाफा कमाएको बैंकले यो त्रैमासमा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ मात्र कमाएको छ ।

यस अवधिसम्ममा बैंकले ९७ करोड ४८ लाख ५५ हजार रुपियाँ वितरण योग्य नाफा आर्जन गरेको छ । भने चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपियाँ रहेको छ ।
बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपियाँ जम्मा भएको छ । भने यता, खुद ब्याज आम्दानी ४९ दशमलव २३ प्रतिशतले बढेर २ अर्ब ५५ लाख ३३ हजार रुपियाँ पुगेको छ । गत वर्षको यही अवधिमा १ अर्ब ३४ करोड ३९ लाख ९ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिसेयर आम्दानी २५ रुपियाँ ५५ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने २०५ रुपियाँ ७१ पैसा छ ।

Advertisement

Advertisement

Advertisement