बैंक अफ काठमाण्डूको २५ प्रतिशत नगद लाभांश पारित

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभालले गत आवको सञ्चित नाफाबाट १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
सभाले बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

साधारण सभा प्रयोजनको लागि पुस ३० गते बुकक्लोज गरेकाल पुस २९ गते आइतबार सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement