वरिष्ठ कलाकार वि.एस राणाको निधन

Advertisement

काठमाडौँ । वरिष्ठ कलाकार वि।एस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बतायो ।

वि।एस राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । सन् १९९९ साउनमा नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।

उनले ‘सिद्धार्थ’ र ‘वसन्ती’ चर्चित नाटकको निर्देशन समेत गरेका छन् । ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ बस्दै आएका थिए । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement