युनिभर्सल पावरको आइपीओ आजदेखि बिक्री खुल्ला

Advertisement

काठमाडौं  । युनिभर्सल पावर कम्पनीले आइपीओ आज (शुक्रबार) देखि  ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बिक्री खुल्ला  गरेको छ ।

कम्पनीले यस अघि आयोजना प्रभावित दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयलाई बिक्री गरेको कुल २१ लाख ३५० कित्ता आइपीओमा जम्मा तीन लाख ३४ हजार दुई सय  कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी  नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल  ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले बिक्री गर्न लागेको कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले जनाएको छ  ।

यो आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न पाइने व्यवस्था छ ।  लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ ।

युनिभर्सलको  जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement