क्यान्सर निम्त्याउने खालका बिषादीहरुलाई प्रतिवन्ध लगाउँदै सरकार

Advertisement

काठमाडौं । सरकारले मानव शरीर र वातावरणका लागि घातक मानिएका विषादीहरुलाई प्रतिवन्ध लगाउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच प्रकारका यस्ता विषादी प्रतिबन्ध लगाउन लागेको हो ।

फलफुल, तरकारी तथा खाद्यान्नलाई बिषादीमुक्त गर्ने अभियानहरु बढिरहेको बेला कृषि विकास मन्त्रालयले पनि निर्वाधरुपमा प्रयोग हुँदै आएका हानिकारक यस्ता विषादीहरुमा रोक लगाउन लागेको हो ।

मन्त्रालयअन्तर्गतको विषादी समितिले त्यस्ता विषादीहरुको आयात, उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । यस्ता विषादीहरुमा कार्वोफ्युरान, गाइक्लोरोवस, ट्राइजोफोस, कार्बाराइल र गेनोमाइल छन् । समितिको निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

मानव शरिमा क्यान्सर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्सेनोजिक नामक तत्व अत्यधिक भेटिएकाले यी विषादीहरुमा रोक लगाउन लागिएको हो । विश्वका अधिकांश मुलुकहरुले विषादीदेखि रासायनिक मलको उत्पादन र प्रयोगलाई घटाउँलै गएको बेलामा नेपालमा भने यसको प्रयोग कायमै रहेको छ ।

Advertisement

Advertisement

Advertisement