हर्लिक्स, भिभा, बुष्टलाई चुनौति दिने योजनासहित चौधरी ग्रुपले ल्यायो ‘माल्टोजिङ’

Advertisement

काठमाडौं । नेपाल बजारमा भारतीय ब्राण्डमा हर्लिक्स, भिभा, बुष्ट जस्ता उत्पादनले ढाकिरहेको बेला चौधरी ग्रुपले ती उत्पादनलाई चुनौति दिने योजनासहित ‘माल्टोजिङ’ ब्राण्डको नयाँ उत्पादन ल्याएको छ ।

चौधरी ग्रुपअन्तर्गतको बिएलसी होल्डिङ्सअन्तर्गतको इन्ष्ट्यान्ट मिल्स प्रालिले उत्पादन गरेको मोल्टोजिङ उस्तै खालका अन्य उत्पादनभन्दा २५ रुपियाँ सस्तोमा आफूहरुले बिक्री गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौपाने, कार्यकारी निर्देशक पारस शाक्यले यसको बिक्री शुभारम्भ गरे । अझै पनि ३० प्रतिशत नेपालीहरु कुपोषण र पुड्कोपनाको समस्या रहेको बेला उनीहरुमा रहेको भिटामिन र मिनरलको अभाव पूर्ति गर्न माल्टोजिङले सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

आफूहरुले ल्याएको उत्पादन बजारमा रहेका अन्य उत्पादनभन्दा गुणस्तरीय रहेको र मूल्य पनि कम भएकोले एक बर्षभित्रै २० प्रतिशतभन्दा धेरै बजार आफूहरुले लिनसक्ने उनले बताए । हाल क्लासिक मेल्ट र चकलेट स्वादमा उपलब्ध यी उत्पादनहरु आगामी दिनमा फरक फरक स्वाद र विशेषतामा उत्पादन गरिने जनाइएको छ ।

Advertisement

Advertisement