चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ सार्वजनिक

Advertisement

काठमाडौं । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा यस ग्रुपको पछिल्लो उत्पादनलाई सार्वजनिक गरिएको हो ।

बजारमा रहेका उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा माल्टोजीङग बाजर आजको मितिबाट क्रमश उपलब्ध हुने कम्पनीले जनाएको छ । माल्टोजीङग बजारमा विद्यामान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ मूल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सीइओ होम न्याउपानेले बताए । उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्को पनाको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो । साथै यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हद सम्म अन्त्य हुने उनको भनाइ छ ।

नेपालमा विद्यमान कुपोषण लगायतको समस्यालाई केहि हदसम्म यसको प्रयोगले समाधान गर्ने कम्पनीको अपेक्षा रहेको कम्पनीका कार्यकारी निर्देशक पारश शाक्यले बताए । चौधरी ग्रुप अन्तर्गतको बि. एल. सी. होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्ट मिल्स प्रा. लि.’को उत्पादन र प्रवर्द्धनमा यस उत्पादनलाई अगाडि ल्याएको हो ।

Advertisement

Advertisement

Advertisement