सेना दिवसमा प्यारासुट नखुलेपछि सैनिक हवल्दार खसेर घाइते

Advertisement

काठमाडौँ । सेना दिवसको अवसरमा सोमबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा प्यारासुटबाट जम्प गरेका एक सैनिक हवल्दार घाइते भएका छन् । जहाजबाट झरेपछि प्यारासुट नखुलपछि ती हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

सेनाले हरेक बर्ष शिवरात्रीको दिन सैनिक दिवस मनाउने गर्दछ । नेपाली सेनाका प्रवक्ता याम ढकालले सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेर घाइते भएको बताए ।

घाइते भण्डारीको टाउँको र शरिरमा चोट लागेको छ । उनलाई तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको र हाल उपचार भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement