फ्रान्सको ओवर्थर फिडिक्युरलाई ५० रुपियाँ दरका नोट छाप्ने जिम्मा

Advertisement

काठमाडौं।  नेपाल राष्ट्र बैंकले ५० रुपियाँ  दरका २३ करोड प्रति नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारि गर्दै नोटको डिजाइन छाप्ने र आपूर्तिको जिम्मा समेत उक्त कम्पनीलाई दिएको जानकारी गराएको  हो ।

राष्ट्र बैंकले गत पुषमा ५० रुपियाँ दरका २३ करोड प्रति नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । सबैभन्दा कम दर प्रस्ताव गरेकाले ओवथरलाई नोट छाप्ने जिम्मा दिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement