शिवम् सिमेन्टको आइपीओ भोलि बिहान बाँडफाँड हुने

Advertisement

काठमाडौं।  शिवम् सिमेन्टको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुने भएको छ । बुधबार बिहान १०ः ३० बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा  आइपीओ बाँडफाँड हुने  सिद्धार्थले जनाएको छ ।

शिवमले सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ५१ हजार ८८२ जनाबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ ।

यस्तै, आयोजना प्रभावित स्थानीयलाई ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ खुला गरिएकोमा १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, स्थानीयले आवेदन नदिएको ९४ हजार ३३५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ । सर्वसाधारणतर्फ माग भन्दा बढी आवेदन परेकाले उनीहरुलाई वितरण गर्न समस्या हुनेछैन ।

कम्पनीले कुल ४४ लाख कित्ता आइपीओ खुला गरेकोमध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको थियो ।

Advertisement

Advertisement

Advertisement