बेलायती कम्पनीलाई सय रुपियाँको नोट छाप्ने जिम्मा

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक सय रुपियाँको ४० करोड थान नोट छाप्ने जिम्मा बेलायतको डेलारुइ कम्पनीलाई दिएको छ ।

बैंकले  आइतबार एक सुचना जारी गर्दै नोटको डिजाइन, छपाई तथा आपुर्ति गर्न बेलायती कम्पनीलाई दिएको जानकारी गराएको हो । नोट डिजाइन, छपाई तथा आपुर्ति गर्न ८० लाख ७२ हजार पाउण्ड स्टर्लिङ्गमा सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले माघ १६ गते प्रकाशित गरेकोमा प्राप्त बोलपत्रहरुको मुल्यांकन गर्दा न्युनतम मूल्यांकित सारभुतरुपमा प्रभावकारी बोलपत्र पेश गर्ने डेलारुइ इन्टरनेशनल लिमटेड, युनाइटेड किङ्गडम छनोट भएको थियो । बैंकले यस अघि पचास रुपियाँका २३ करोड नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको थियो।



 

 

Advertisement

Advertisement

Advertisement