ओम र एनबिआई बीच सम्झैता

Advertisement

काठमाडौं।  ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच सम्झैता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता सँगै ओम डेभलपमेन्ट बैंक एनबिआई सँग सम्झौता पहिलो विकास बैंक बनेको छ ।

सम्झौता सँगै एनबिआइ मार्फत ओम डेभलपमेन्ट बैंकका एक सय भन्दा बढी कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने उल्लेख छ । बैंकिङ कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने उदेश्यले यो कोर्सको विकास गरिएको हो ।

बैंकका कर्मचारीहरुमा क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल बनाउनको लागि एनबिआइ सँगउक्त समझौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

Advertisement

Advertisement

Advertisement