एक्सेल डेभलपमेन्ट बैंकका तीन नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले सोमबार दुई ओटा शाखाको औपचारीक विस्तार गरेको छ ।

बैंकले झापाको कचनकवल गॉउपालिकास्थित बनियानी बजार र भद्रपुर नगरपालिकास्थित सोमवारे चोकमा रहेको शाखा गरी दुई ओटै शाखाको उद्घाटन गरिएको हो ।

बनियानी शाखाको कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरे ।

त्यसैगरी सोमवारे शाखाको प्रदेश नंं १ का प्रदेश सभासद बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र बैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले अन्य स्थानमा पनि शाखा विस्तारको लक्ष्य राखेको छ, आज मंगलबार नै अर्जुनधारा नगरपालिका ३ मा रहेको खुदुनावारी शाखाको उद्घाटन गरिने बताएको छ भने त्यत्सै आउदो विहिबार विर्तामोड नगरपालिका ७ स्थित गरामनी शाखाको उद्घाटन गरिने कार्यक्रम तय गरिएको बताएको  छ ।त्यसैगरी बैक निकट भविष्यमै पाचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि पुग्ने भएको छ ।

६९ करोड २६ लाख ७४ हजार चुक्ता पूँजी रहेको बैंकको कर्जा पाँच अर्व ६५ करोड रहेको छ भने निक्षेप ६ अर्व २५ करोड पुगेको छ ।

Advertisement

Advertisement

Advertisement