फेक न्युजमा रोक लगाउने तयारीमा व्हाट्सएप

Advertisement

काठमाडौं । व्हाट्सएपले एउटा नयाँ फिचरमा काम गरिरहेको छ। जसका माध्यमबाट कुन म्यासेज कतिपटक फरवार्ड गरियो भन्ने बारेमा सहजै थाहा पाउन सकिनेछ। यसबाट फेक न्यूजलाई सहजै पहिचान गर्न सहज हुनेछ।

व्हाट्सएप एपमा नै रिभर्स इमेज सर्च फीचर पनि दिइने बताइएको छ । यसका माध्यमबाट प्रयोगकर्ताहरुले कुनै पनि इमेजलाई एपमा नै सर्च गरेर त्यो सही वा फेक हो भन्ने कुरा सुनिश्चित हुनेछ ।

व्हाट्सएपले फेक न्यूजमा लगाम लगाउनका लागि गत वर्ष फरवार्ड लेबल लन्च गरेको थियो । कम्पनीले अब त्यहीँ फीचरलाई अझ बढी अपडेट र परिष्कृत गराउनका लागि काम गरिरहेको छ । हाल व्हाट्सएपले उक्त फीचरलाई एन्ड्रोइड र बीटा भर्सनमा परीक्षण गरिरहेको छ ।

व्हाट्सएपमा कुनै पनि तस्बिरका साथ कुनै पनि म्यासेज जोडेर त्यसलाई मानिहरूका साथ शेयर गरेर फेक न्यूज फैलाउने गरिन्छ । कयौँ प्रयोगकर्ताहरूले त्यस्ता फेक न्यूजलाई सही मान्ने गर्दछन् । तर व्हाट्सएपको यो इमेज सर्च टूल एपको भित्र नै कुनै पनि तस्बिरलाई सर्च गरेर त्यो सही हो कि फेक हो भनेर पपहिचान गर्न सकिनेछ ।

 

Advertisement

Advertisement

Advertisement