कामना सेवा र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक र र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत निर्जीवन बीमा सेवा उपलब्ध गराउने विषयमा आइतबार सम्झौता गरेको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत प्रविन बस्नेत र सगरमाथाका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुुन् ।

सम्झौतापश्चात् सगरमाथा इन्स्योरेन्सका मुुलुुकभरका शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टर कार्यालयमार्फत कामनाका ग्र्राहकहरुले बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो–छरितो तथा सहजरुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, दाबी भुक्तानी प्राप्त गर्नुुका साथै निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधाहरु लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement