नेपाल बङ्गलादेश बैंकको ८६ औं शाखा दमकमा

नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांस दिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा दमकमा विस्तार भएको छ । ८६औं शाखा संचालनमा ल्याउने क्रममा झापा जिल्लाको दमकमा उद्घाटन भई बैंकिङ् कारोबार शुरु भएको हो ।

सो शाखाको उद्घाटनमा दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा गरिएको थियो । त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा बताए ।

united

बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ् सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै, बैंकले यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ् सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

दमक शाखाहरु सहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ६७ वटा बैंकबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।