सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा मेलम्चीमा

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँ शाखा खोलिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालभर ६३ वटा कार्यालयहरुमा दुई सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।

उक्त इन्स्योरेन्सको आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी गर्न सफल जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement