एसिया मुलुकमा कमजोर बन्दै आइफोनको बिक्री

Advertisement

काठमाडौं । चीनपछि भारतमा पनि एप्पलले आफ्नो मुख्य उत्पादन आइफोनको मूल्य घटाएको छ । एप्पलले भारतमा आइफोन एक्सआरको मोडलमा २२ प्रतिशतले मूल्य कटौती गरेको हो । यसअघि एप्पलले चिनियाँ बजारमा आफ्नो मुख्य उत्पादनहरुको मूल्य ६ प्रतिशतले घटाएको थियो । भारतको स्मार्टफोन बजारमा उच्च प्रतिस्पर्धा हुन थालेपछि बिक्री बढाउन आइफोनको मूल्य घटाइएको बताइएको छ ।

भारतीय बजारमा एप्पलले बिक्री बढाउन यसअघि पैसा फिर्ता योजना, एक्सचेन्ज अफर र नो कस्ट फाइनान्सिङ जस्ता कार्यक्रमहरु ल्याएको थियो । तर बिक्री मूल्य नै घटाएको भने पहिलो पटक भएको एप्पलका अधिकारीहरुले बताएका छन् ।

अहिले भारतीय बजारमा स्मार्टफोन बिक्रीमा आइपीओन तेस्रो नम्बरमा झरेको छ । मूल्य घटाएपछि भारतीय बजारमा आइफोन एक्सआर ६४ जीबीको मूल्य ५९ हजार ९०० कायम भएको छ । यसअघि उक्त फोनको मूल्य ७६ हजार ९०० रहेको थियो ।

यस्तै, आइफोन एक्सआर १२८ जीबी र आइफोन एक्सआर २५६ जीबी फोनको मूल्य क्रमशः ६४ हजार ९०० र ७४ हजार ९०० कायम भएको छ । यसअघि १२८ जीबीको मूल्य ८१ हजार ९०० र २५६ जीबीको मूल्य ९१ हजार ९०० रहेको थियो । यसैगरी, एचडीएफडी बैंकले ६४ जीबीको आइफोनको लागि शुक्रबारदेखि पैसा फिर्ता योजना लागू गर्ने भएको छ । जस अन्तर्गत १०५ सम्म पैसा फिर्ता गरी ५३ हजार ९०० मै आइफोन पाउन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement