एनआईसी एशियाले हावाहुरी पिडितलाई राहत वितरण गर्यो

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लाका हावाहुरी पिडितलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको छ ।

बैंकले सो क्षेत्रमा आएको विध्वंसकारी हुरीबतासले क्षति पुर्याएको भन्दै फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितहरुलाई राहत सामग्री वितरण गरेको बैंकले जानकारी दिएको छ ।

अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । उक्त राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंकका बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement