नेप्सेमा १७.१६ अंकको वृद्धि, कारोबार ५३ करोडभन्दा माथि

Advertisement

काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो ।

आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ८७ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपियाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ५ समूह हरिया भए भने बाँकी राताम्मे भएका छन् ।

नेप्से परिसूचक १७ अंकले बढे पनि सबै समूह भने बढेका छैनन् । बैंकिङ समूह सबै भन्दा धेरै २८.१९ अंकले बढ्दा निर्जीवन बीमा समूह सबैभन्दा धेरै १९.२१ अंकले ओरालो लागेको छ ।

बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र जीवन बीमा समूह उकालो लागेका छन् भने जलविद्युत्, निर्जीवन बीमा उत्पादनमूलक र लघुवित्त समूहहरु ओरालो लागेका छन् ।

एनआईसी एशिया बैंकका लगानीकर्ताले ६.३६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, यूनिर्भसल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement