'हामी मेसिन र उद्योगको आविष्कार गर्न नसक्दा पछि परेका हौं': उपराष्ट्रपति

Advertisement

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई विकासको बाटोतिर लैजाने तथा आर्थिक उन्नती र प्रगतिमा ग्रील व्यवसायीको ठूलो योगदान रहेकोे बताए ।

ग्रील तथा स्टिल व्यवसाय महासंघ नेपालको २५औं साधारणसभा तथा आठौं राष्ट्रिय महाधिवेसन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा एक लाख ६० हजार जनशक्ति र वार्षिक ४५ अर्ब भन्दा बढि कारोबार भएको सुन्न पाउँदा खुशी लागेको बताए ।

देश स्थायी शान्तिको विकास र आर्थिक दिशातर्फ लाग्नुपर्ने बताउँदै उनले समृद्ध नेपाल शुखी नेपाली एक जनाको प्रयासले मात्र सम्भव नहुने बताए । उनले यसमा सबै नीजि क्षेत्र लाग्नुपर्ने बताए । उनले भने ‘सकरात्मक सोच, दृढ इच्छा शक्ति, वैज्ञानिक योजनाका साथ अगाडी बढ्यौं भने समृद्धि धेरै पर छैन ।’ मानिस जति सक्षम र आत्मनिर्भर बन्दै जान्छन् त्यती नै व्यापार घाटा सन्तुलन हुँदै जाने उनले बताए ।

अहिले नेपालमा चुलोममा बाल्ने इन्धनदेखि चुलोमा पाक्ने सबै चिज आयात भइरहेकोले व्यापार घाटा सँधै बढेको उपराष्ट्रपति पुनले बताए ।
उनले जमिनमुनी रहेका सुन, चाँदी, युरोनियन डिजेल र ग्यासलाई उपयोग गर्न नसकेकोमा सबैलाई ध्यानाकर्षण गराएका छन् । साना, मझौला र ठूला उद्योग, खाना पकाउने ग्याँस, गाडी चढ्ने इन्धन र जलविद्युत उत्पादन गरेर आयात होइन बिजुलीको उपयोग गरी निर्यात समेत गर्नुपर्ने र विदेशी मुद्रा आर्जन गर्न सक्नुपर्ने उनले बताए । उनले भने ‘विश्व बजारमा नेपाली बस्तु निर्यात नहुन भनेको उत्पादन र गुणस्तर नहुनु हो ।’

उद्योगिहरुले राखेका कुराहरु सम्बन्धित निकायले नसुनेको बताउँदै उनले सम्बन्धित निकायलाई तत्कालै सुन्न उपराष्ट्रपति पुनले आग्रह गरे । जब देशमा उद्योग हुँदैन तब मुनाफा र आम्दानी हुँदैन हामी मेसिन र उद्योगको आविष्कार गर्न नसक्दा पछि परेका हौं । घर–घरमा, संघ–संस्थामा मेसिनहरु आवश्यक छ । उनले भने‘ जबसम्म देशभित्र उत्पादन भएको बिजुली खरिद बिक्री गर्ने योजना बन्दैन तबसम्म देश समृद्ध बन्दैन ।’ सबै निकायहरुले देशलाई समृद्ध बनाउन गम्भिरतापुर्वक लाग्नुपर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement