उद्योगपति दिवाकर गोल्छाको निधन, मृत्युको खबरले दुःख लाग्योः देउवा

Advertisement

काठमाडौं । उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षसमेत भएका गोल्छाको ६७ वर्षको उमेरमा भारतको चेन्नईमा उपचारका क्रममा गए राति निधन भएको हो ।

मृगौलामा समस्या भएपछि केही दिनअघि मात्रै मृगौला ट्रान्सप्लान्ट गरेका गोल्छाको दुई सातामै निधन भएको हो । काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग निकट मानिने व्यवसायी गोल्छा काँग्रेसकै सिफारिसमा तत्कालिन संविधानसभामा सदस्यसमेत भएका थिए ।

उनी सम्वद्ध हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्ता पाता लगायतका झण्डै २ दर्जन उद्योग रहेका छन् । गोल्छाका दुई छोराहरु रहेका छन् ।

उनको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै शोक प्रकट गरेका छन् । उनको निधनबाट औद्योगिक क्षेत्रमा अपुरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपति गुमाएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement