रामेछापको विमानस्थलमा तारा एयरको बिमान दुर्घटना, सबै यात्रु सकुशल

Advertisement

रामेछाप । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ। अवतरणको क्रममा धावनमार्गमा चिप्लिए पनि कुनै मानवीय क्षति भने भएको छैन। सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

सोलुखुम्वुबाट आएको सो बिमानमा १४ यात्रु थिए । बिमान चिप्लिएर बिमानस्थल ओगटेपछि अहिले याहाँ कुनै उडान हुन सकेको छैन। बिमान के कारणले चिप्लिएको हो ।

विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । मन्थलीमा हिजो वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।

Advertisement

Advertisement

Advertisement