साताको तेस्रो दिन सुनको मूल्य घट्यो, तोलामा तीन सय कम

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५९ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले घटेर ५९ हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ८४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ५८५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर सात सय ३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २६ रुपियाँ कायम गरेको छ ।

 

Advertisement

Advertisement

Advertisement