टिकटकमाथि प्रतिबन्ध लगाउँदा दैनिक ५० करोड माथिको नोक्सान

Advertisement

काडमाडौं । विश्वभर चर्चा र प्रयोगमा रहेको चीनको भिडियो एप टिकटकले निकै लोकप्रियता बटुलेको छ । तर छोटो समयको अभिनय गरेर साथिभाइ, आफन्तसमक्ष सेयर गर्ने टिकटक कतिपय स्थानमा विवाद पनि आएको छ ।  टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलर अर्थात् करिब ५ करोड ६० लाख रुपियाँभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतरामा रहेको भन्दै उक्त प्रतिबन्ध हटाउन भारतको सर्वोच्च अदालतमा गत शनिवार मुद्दा दायर गरेको हो ।

भारतको मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो। कोर्टले टिकटकमा अश्लिल सामाग्रीहरु राखेको हुदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो ।

३ अप्रिलमा भारतको मद्रास हाइकोर्टले केन्द्रीय सरकारलाई टिकटक डाउनलोडिङमा रोक लगाउनका लागि आदेश दिएको थियो । यो एपले ‘पोर्नेग्राफी’ लाई प्रेरित गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि भारतको सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार गत साता गूगल र एप्पलले भारतको एप स्टोरबाट टिकटक एप हटाएका थिए ।

कम्पनीले छिटोभन्दा छिटो प्रतिबन्ध हटाउनका लागि भारत सरकारसँग अपिल गरेको बताइएको छ । रतमा मात्र प्रतिबन्धका कारण दैनिक १० लाख प्रयोगकर्ताहरुले एप डाउनलोड गर्न पाइरहेका छैनन । भारतमा मात्रै अहिलेसम्म ३० करोडपटक यो एप डाउनलोड भएको छ । विश्वव्यापी रूपमा यो एप १ अर्बभन्दा बढी डाउनलोड भएको छ ।

यसअघि अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ ।

Advertisement

Advertisement